सगरमाथा आरोहणका क्रममा दुई मंगोलियन नागरिक सम्पर्कविहीन

हिमाल प्रेस १ जेठ २०८१ १७:१६ | Tuesday, May 14, 2024
सगरमाथा आरोहणका क्रममा दुई मंगोलियन नागरिक सम्पर्कविहीन सगरमाथा

काठमाडौँ- विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहणका क्रममा मंगोलियाका दुई नागरिक सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीन भएकामा ५३ वर्षीय उसुख्जर्गल सेदेन्दम्बा (पासपोर्ट नं. ई२६९८२८६) र ३१ वर्षीय पुरेवसुरेन लखगवजव (पासपोर्ट नं.पीई०३२९१९८) छन्।

पर्यटन विभागका अनुसार उनीहरू एट के. एक्सपिडिसन् प्रा.लि.एजेन्सीमार्फत सगरमाथा आरोहण गर्न गएका थिए। उनीहरू सगरमाथा आधारशिविरमा वातावरण अनुकूलित भई सगरमाथा आरोहणका लागि मे १० मा दोस्रो शिविरतर्फ गएका थिए।

उनीहरू मे ११ मा तेस्रो शिविरमा बसी मे १२ मा चौथो शिविरतर्फ हिँडेको र सोही दिन चौथो शिविरबाट सगरमाथा चुचुरोतर्फ साँझ ७ बजे प्रस्थान गरेको विभागले जनाएको छ।

अन्तिममा मे १३ (वैशाख ३१ गते) को बिहान ८ः४५ बजे ट्याग नेपालको आरोहण दलले चचुरोतर्फ गइरहेको देखेको र हाल आरोहीहरू सम्पर्कविहीन भएको विभागद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ।

आरोहण व्यवस्थापन गर्ने एजेन्सी एट केले सगरमाथा आधारशिविरमा रहेको विभागको फिल्ड कार्यालयसँग समन्वय गरी गरिरहेको जनाएको छ। उनीहरू हराएको सम्भावित माथिल्ला शिविरहरूमा खोज तथा उद्धार कार्य गरिरहेको जानकारी पर्वतारोहण अनुगमन तथा सहजीकरण समिति (खुम्बु क्षेत्र)का सदस्य सचिव एवं पर्यटन विभागको फिल्ड कार्यालय प्रमुख खिमलाल गौतमले जानकारी दिए। रासस

प्रकाशित: १ जेठ २०८१ १७:१६ | Tuesday, May 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast