संसद्‍बाटै बजेट ल्याउने सरकारको तयारी, जेठ १५ को दिउँसो १ बजेलाई बोलाइयो बैठक

हिमाल प्रेस १३ जेठ २०८१ १३:२९ | Sunday, May 26, 2024
संसद्‍बाटै बजेट ल्याउने सरकारको तयारी, जेठ १५ को दिउँसो १ बजेलाई बोलाइयो बैठक

काठमाडौँ- सरकारले आर्थिक वर्ष २०८१/०८२ को बजेट मंगलबार दिउँसो ल्याउने भएको छ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बजेट वक्तव्यका लागि मंगलबार दिउँसो १ बजे संघीय संसदको संयुक्त बैठक बोलाइएको जानकारी गराएका हुन्।

‘सहकारीसम्बन्धी समाधान हुन्छ। हामी प्रयत्नशील छौँ’ आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोस्टममा उभिएर भने,‘यो गतिरोध लामो जाँदैन। मैले पनि प्रतिपक्षी दलका नेतासँग छलफल गरेको छु।’ सभामा अध्यादेशबाट बजेट ल्याउने भनेर प्रश्न सोध्दा समेत प्रधानमन्त्रीले जबाफ दिएनन्। यही कारण बजेट पेस गर्न दुवै सदनको संयुक्त बैठक बोलाइएको हो।

सभामुखले बैठकमा सहभागिताका लागि पौने १ बजेभित्रै संसद् भवन प्रवेश गरिसक्छ सांसदहरूलाई अनुरोध गरेका छन्।

बजेट भाषणपछि दिउँसो ४ बजे फेरि प्रतिनिधिसभाको बैठक बस्नेछ ।

प्रकाशित: १३ जेठ २०८१ १३:२९ | Sunday, May 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast