संसद्‌को दोस्रो बैठकमा पनि कांग्रेसको नाराबाजी र अवरोध

हिमाल प्रेस २८ वैशाख २०८१ १७:५५ | Friday, May 10, 2024
संसद्‌को दोस्रो बैठकमा पनि कांग्रेसको नाराबाजी र अवरोध

काठमाडौँ- प्रतिनिधिसभाको शुक्रबारको दोस्रो बैठक पनि नेपाली कांग्रेसले अवरोध गरेको छ। सभामुख देवराज घिमिरेले दोस्रो बैठक सुरु भएको घोषणा गर्ने बित्तिकै कांग्रेस सांसदहरू उठेर नारबाजीसहित वेल घेराउमा उत्रेका थिए। सभामुखले विरोधका बीच उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बोल्न समय माग गरेको जनाकारी गराएका थिए।

सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको नाम जोडिएपछि संसदीय छानबिन समिति गठन हुनुपर्ने माग कांग्रेसले गरिरहेको छ। कांग्रेसका सांसदहरूले वेल घेरेका थिए। सहकारीपीडितलाई न्याय दे भन्दै नाराबाजी समेत गरे।

प्रकाशित: २८ वैशाख २०८१ १७:५५ | Friday, May 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast