संसदीय समितिको कार्यादेशबारे बालुवाटारमा बैठक

हिमाल प्रेस १४ जेठ २०८१ १०:२१ | Monday, May 27, 2024
संसदीय समितिको कार्यादेशबारे बालुवाटारमा बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको बैठकमा सहभागी नेताहरू। तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ- सहकारी ठगीका विषयमा छानबिन गर्न गठन गर्न लागिएको संसदीय समितिको कार्यादेशका बारेमा सहमति जुटाउन बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित कार्यदलको बैठक बसिरहेको छ। सहकारी ठगी प्रकरणको छानबिन गर्ने संसदीय समिति निर्माणका लागि गठित कार्यदलमा कार्यादेशका बारेमा छलफल जारी रहेको हो।

दलहरूबीच संसदीय समिति गठन गर्ने सहमति भए पनि  गृहमन्त्रीको नाम राख्ने र नराख्ने विषयमा विवाद छ। सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको नाम जोडिएको छ।

प्रमुख प्रतिपक्षी दल कांग्रेस उनको नामै राखेर संसदीय छानबिन समिति बनाउनुपर्ने अडानमा छ। नेकपा एमाले र माओवादी भने नाम नराख्ने पक्षमा छन्। सत्तारुढ दल जोडिएको गोरखा मिडिया राख्नुपर्नेमा छन्। यही विषयमा सहमति हुन नसकेको कार्यदलका सदस्यहरू बताउँदै आएका छन्।

छलफलमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, कार्यदल संयोजकसमेत रहेका कानुन मन्त्री पदम गिरी र एमालेका प्रमुख सचेतक महेश बर्तौला सहभागी छन्। यसैगरी नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा, केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की सहभागी छन्।

माओवादीबाट वर्षमान पुन र हितराज पाण्डे सहभागी छन्। रास्वपाबाट उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने, स्वर्णिम वाग्ले लगायतका नेताहरु सहभागी छन्।

प्रकाशित: १४ जेठ २०८१ १०:२१ | Monday, May 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast