संसदीय समिति बनाउने विषयमा फेरि पनि जुटेन कार्यदलमा सहमति

हिमाल प्रेस ८ जेठ २०८१ ११:४४ | Tuesday, May 21, 2024
संसदीय समिति बनाउने विषयमा फेरि पनि जुटेन कार्यदलमा सहमति

काठमाडौँ- सहकारी ठगी प्रकरणका छानबिन गर्न संसदीय समिति बनाउन गठित कार्यदलको बैठक फेरि पनि निष्कर्षविहीन बनेको छ।

आज बिहान बसेको बैठकमा सत्तारुढ र प्रतिपक्षी सांसदबीच पुरानै विषयमा सहमति नजुटेपछि फेरि बैठक बस्ने गरी बैठक सकिएको हो।

आजको बैठकमा पुरानै विषय उठान गरिएको तर फेरि बैठक बस्ने सहमति भएको नेपाली कांग्रेसका सांसद जीवन परियारले बताए।

कार्यदलमा सदस्य एवम् नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सहमतिको मध्यविन्दु खोजेर अघि बढ्ने सहमति भएको बताए।

प्रकाशित: ८ जेठ २०८१ ११:४४ | Tuesday, May 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast