संसदीय समितिबाट अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक पारित

हिमाल प्रेस १८ जेठ २०८१ १७:१९ | Friday, May 31, 2024
संसदीय समितिबाट अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक पारित प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार बसेको बैठक।

काठमाडौँ-  प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक पारित गरेको छ। शुक्रबार बसेको समितिको बैठकले विधेयक सर्वसम्मत पारित गरेको हो।

राष्ट्रियसभाबाट पारित भएर आएको यो विधेयकको प्रतिवेदन अब प्रतिनिधिसभामा पेस हुन्छ। सभाबाट स्वीकृत भएर फेरि राष्ट्रियसभामा जान्छ। प्रतिनिधि सभाले गरेको संसोधन राष्ट्रियसभाले स्वीकार गरेको खण्डमा राष्ट्रियसभा अध्यक्षबाट प्रमाणित भएर प्रमाणीकरणका लागि रास्ट्रपतिकहाँ पुग्छ।

राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कानुनमा रुपान्तरित भएर कार्यान्वयनमा आउँछ।

प्रकाशित: १८ जेठ २०८१ १७:१९ | Friday, May 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast