संसदको गतिरोधबारे नेकपा एसले प्रधानमन्त्री, गृहमन्त्री र कांग्रेससँग छलफल गर्ने

हिमाल प्रेस १० जेठ २०८१ १७:४३ | Thursday, May 23, 2024
संसदको गतिरोधबारे नेकपा एसले प्रधानमन्त्री, गृहमन्त्री र कांग्रेससँग छलफल गर्ने

काठमाडौँ – सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले संसदको अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग छलफल गर्ने भएको छ। पार्टी सचिवालयको बिहीबार बसेको बैठकले संसदको गतिरोध अन्त्यका लागि पहल गर्ने निर्णय गरेको हो।

नेकपा एसले प्रधानमन्त्री, गृहमन्त्री र कांग्रेससँग छलफल गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा संसदीय छानबिन हुनुपर्ने भन्दै कांग्रेसले लगातार संसद अवरोध गर्दै आएको छ। दलहरूबीच संसदीय समिति गठन गर्ने सहमति भए पनि त्यसको कार्यदेशमा सहमति नहुँदा समिति पनि गठन भएको छैन।

प्रकाशित: १० जेठ २०८१ १७:४३ | Thursday, May 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast