संवैधानिक आयोगले समुदायका अपेक्षा सम्बोधनलाई प्राथमिकतामा राख्नुपर्छ : मन्त्री जोशी

हिमाल प्रेस ३ जेठ २०८१ २०:१० | Thursday, May 16, 2024
संवैधानिक आयोगले समुदायका अपेक्षा सम्बोधनलाई प्राथमिकतामा राख्नुपर्छ : मन्त्री जोशी

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सामाजिक सहिष्णुताका साथ नेपालीबीचको हार्दिकता र सौहार्द सम्बन्धलाई थप सुदृढ तुल्याउन संवैधानिक आयोगका पदाधिकारीले प्रभावकारी भूमिका खेल्नपर्ने बताएका छन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समन्वय गर्ने आयोगका अध्यक्षसहितका पदाधिकारीसँगको छलफलमा उनले राजनीतिक अस्थिरतासँग जोडिएर आएका विविध खाले गुनासालाई सम्बोधन गर्दै अघि बढ्नुपर्ने आवश्यकतासमेत औँल्याए।

मन्त्री जोशीले भने, ‘संवैधानिक आयोग आफैँमा स्वतन्त्र छन्। आयोगले आफ्नो विषय क्षेत्रमा रहेका समुदायका अपेक्षा सम्बोधनलाई प्राथमिकतामा राख्नुपर्छ। आयोगको क्षमतालाई थप प्रभावकारी बनाउन जरूरी छ।’ त्यसअवसरमा आयोगका अध्यक्ष एवम् पदाधिकारीले सामाजिक न्यायका विषयमा गरेका काम र दिएका सुझावलाई राज्यले कार्यान्वयन गर्नुपर्ने बताए।

प्रकाशित: ३ जेठ २०८१ २०:१० | Thursday, May 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast