संविधान कार्यान्वयन, संघीयताको सवलीकरण र भ्रष्टाचार नियन्त्रण सरकारको मुख्य प्राथमिकता : रामचन्द्र पौडेल

हिमाल प्रेस १ जेठ २०८१ १५:४४ | Tuesday, May 14, 2024
संविधान कार्यान्वयन, संघीयताको सवलीकरण र भ्रष्टाचार नियन्त्रण सरकारको मुख्य प्राथमिकता : रामचन्द्र पौडेल नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेल। तस्बिर: दिपेश श्रेष्ठ/हिमालप्रेस

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले संविधान कार्यान्वयन, संघीयताको सवलीकरण, अर्थतन्त्रको सुधार र भ्रष्टाचार नियन्त्रण सरकारको मुख्य प्राथमिकता रहेको बताएका छन्। मंगलबार संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले वर्तमान सरकार देशमा समाजवादउन्मुख आर्थिक, सामाजिक रुपान्तरणका लागि राजनीतिक स्थायित्व, सुशासन, विकास र सामाजिक न्यायसहित समृद्ध नेपालः सुखी नेपालीको राष्ट्रिय लक्ष्य पूरा गर्न प्रतिवद्ध रहेको पनि बताए।

उनले नेपाली जनताको सुख, समुन्नतिका लागि संंघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै जनतामा राज्यप्रति आशा र भरोसा जगाउने गरी सरकारले आफ्नो नीति तथा कार्यक्रम कार्यान्वयन गर्दै आएको बताए। राष्ट्रपति पौडेलले रोजगारी सिर्जना, सुशासन प्रवर्द्धन, सार्वजनिक सेवामा सुधार र सरलीकरण, नागरिकमैत्री शासन प्रणालीको स्थापनामा पनि सरकारले जोड दिएको बताए।

प्रकाशित: १ जेठ २०८१ १५:४४ | Tuesday, May 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast