श्रीमतीको हत्या आरोपमा कजाकिस्तानका एक पूर्वमन्त्रीलाई २४ वर्षको जेल सजाय

हिमाल प्रेस ३१ वैशाख २०८१ २०:५३ | Monday, May 13, 2024
श्रीमतीको हत्या आरोपमा कजाकिस्तानका एक पूर्वमन्त्रीलाई २४ वर्षको जेल सजाय

अस्ताना (रासस/एएफपी)- आफ्नी श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा कजाकिस्तानको एक अदालतले एक पूर्वमन्त्रीलाई सोमबार २४ वर्षको कारागार सजाय सुनाएको छ।

राजधानी अस्तानाको अदालतले पूर्वअर्थमन्त्री कुआन्डिक बिशिम्बायेभलाई कारागार सजाय सुनाएको हो। उनले गत वर्ष आफ्नी श्रीमती साल्टानाट नुकेनोभाको हत्या गरेको आरोप लागेको थियो। ४४ वर्षीय बिशिम्बायेभलाई यातना र हत्या गरेको अभियोगमा दोषी पाइएको थियो।

हत्यापछि मुलुकमा महिलाहरूको सरक्षाका लागि कडा कानून बनाउन माग गर्दै अनलाइन आवेदन सुरु गरिएको थियो। यसले केही दिनमै दशौँ हजार हस्ताक्षर संकलन गरेको छ।

बिशिम्बायेले आफू निर्दोष भएको बताएका छन्। उनलाई सन् २०१८ मा भ्रष्टाचारको आरोपमा पहिला नै १० वर्षको कारागार सजाय सुनाइएको थियो तर एक वर्षपछि आममाफीपछि उनी रिहा भएका थिए।

प्रकाशित: ३१ वैशाख २०८१ २०:५३ | Monday, May 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast