 
                             
                                            काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा श्रमाधान रोजगार मेला आजदेखि सुरु हुँदैछ।
मन्त्रालयले आयोजना गर्न लागेको श्रमाधान कार्यक्रम सातवटै प्रदेशमा आजदेखि ३० जेठसम्म सन्चालन हुनेछ।
आज कोशी प्रदेशको विराटनगरबाट मेला सुरु हुँदैछ। विराटनगरबाट सुरु हुने मेला ३० गते बागमती प्रदेशको ललितपुरमा आएर सम्पन्न हुने मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार १७ र १८ जेठमा कोशी प्रदेशको विराटनगर, मधेश प्रदेशको जनकपुरमा १९ र २० जेठ, गण्डकी प्रदेशको पोखरामा २१ र २२ जेठ, लुम्बिनी प्रदेशको बुटवलमा २३ र २४ जेठ, कर्णाली प्रदेशको सुर्खेतमा २५ र २६ जेठ, सुदूरपश्चिम प्रदेशको धनगढीमा २७ र २८ र बागमती प्रदेशको ललितपुरमा २९ र ३० जेठमा मेला आयोजना हुने कार्यक्रम तय भएको छ ।
मेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम तय भएको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 