‘शिरफूल’ असार ७ मा प्रदर्शन

हिमाल प्रेस ७ जेठ २०८१ १२:५७ | Monday, May 20, 2024
‘शिरफूल’ असार ७ मा प्रदर्शन

काठमाडौँ-  फिल्म ‘शिरफूल’ असार ७ गते प्रदर्शन हुने भएको छ। निर्माण टिमले फिल्मको पोस्टर सार्वजनिक गर्दै असार ७ लाई  प्रदर्शन मिति घोषणा गरेका हुन्।

नेपाली समाजमा छोरी चेलीलाई शिरको फूलको रुपमा लिने चलनलाई फिल्ममा बिम्बको रूपमा बुझाउन खोजिएको फिल्मका निर्देशक कमल एक्चै मगरले बताए। नारीले शिरमा लाउने फूल आकारको सुनको गहनालाई ‘शिरफूल’ भनिन्छ।

निर्देशक मगरका अनुसार फिल्ममा अहिलेको बढ्दो आधुनिकताको प्रभावसँगै युवा पुस्तामा देखिएको सांस्कृतिक विकृतिलाई चित्रण गर्ने प्रयास गरिएको छ।

फिल्ममा रूपा राना, राज थापा, देवराज आले, विनिता थापा, सुनिल रोका, नमिता तामाङ, पूजा गदाल, लिला गुरूङ, नीता पुन, किरण मगरलगायतको कलाकारको अभिनय छ। फिल्ममा अभिनेत्री मरिष्का पोखरेल विशेष भूमिकामा छिन्।

देवराज आले मगरको कथा रहेको फिल्म राज थापा र राजु युगिनको पटकथा तथा संवाद छ। फिल्म निरोज श्रेष्ठको छायांकन, मिलन श्रेष्ठको सम्पादनमा बनेको छ। फिल्म आशिर्वाद पुन मगर र माया छन्त्याल पुनको लगानीमा निर्माण भएको हो।

याेसँगै असार सातमा अन्य फिल्म पूजा शर्मा निर्देशित ‘दान्भी’ र भक्तराज आचार्यकाे वायाेपिक  ‘आचार्य’ले प्रदर्शन मिति ताेकिसकेका छन्।

प्रकाशित: ७ जेठ २०८१ १२:५७ | Monday, May 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast