‘शिक्षक दरबन्दी थप नगरी शिक्षा सुधार गर्न सकिन्न’

हिमाल प्रेस १२ जेठ २०८१ १६:४६ | Saturday, May 25, 2024
‘शिक्षक दरबन्दी थप नगरी शिक्षा सुधार गर्न सकिन्न’

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सामुदायिक विद्यालयको शिक्षा सुधार गर्न शिक्षकको दरबन्दी थप गर्नुपर्ने बताएका छन्। उनले पुरानो दरबन्दीका शिक्षकले मात्र सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्न नसकिने बताए।

‘प्रिन्सिपल एसोसिएसन अफ नेपाल’ सुर्खेतको कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले सामुदायिक विद्यालयमा भएका शिक्षकको पुरानै दरबन्दीअनुसार अघि बढ्न नसकिने जिकिर गरे।

‘२०५१ सालको भन्दा अहिले अवस्था फरक छ, जनसङ्ख्या र विद्यालयको सङ्ख्या दुवै बढेका छन्’,उनले भने,‘आवश्यक दरबन्दी कायम गरेर सामुदायिक शिक्षालाई सुधार गर्दै लैजान आवश्यक छ। त्यसका लागि केन्द्रमै शिक्षा सुधार गर्न जरुरी छ।’

तीन तहको सरकार भए पनि सामुदायिक विद्यालयको शिक्षा गुणस्तरीय हुन नसकेको मुख्यमन्त्री कँडेलको भनाइ छ। सीमित स्रोतसाधनकै बीच कर्णालीको शिक्षालाई सुधार गर्नुपर्नेमा उनको जोड छ।

प्रकाशित: १२ जेठ २०८१ १६:४६ | Saturday, May 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast