शिक्षकको हत्यामा संलग्न भएको आरोपमा भण्डारी पक्राउ

हिमाल प्रेस ३ जेठ २०८१ १४:४१ | Thursday, May 16, 2024
शिक्षकको हत्यामा संलग्न भएको आरोपमा भण्डारी पक्राउ

कञ्चनपुर – बेलौरी नगरपालिका–६, विद्यानगरका सेवानिवृत्त शिक्षक अन्दाजी ६३ वर्षीय लच्छी चन्दको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले आज एकजनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक गौरीप्रसाद जैशीका अनुसार पक्राउ पर्नेमा ३५ वर्षीय महेश भण्डारी रहेका छन्। भण्डारीलाई सोही नगरपालिका–६, दुम्लीमा ट्याक्टरको ट्रलीको भुसाभित्र सुतेको अवस्थामा आज बिहान ४ बजे पक्राउ गरिएको हो। बुधबार साँझ ८ बजे घरतर्फ जाँदै गरेका बेला चन्दलाई ढुंगा प्रहार गरी भण्डारीले गम्भीर घाइते बनाएका थिए।

घाइते भएका चन्दलाई तत्कालै बेलौरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारार्थ भर्ना गरिए पनि अवस्था गम्भीर हुँदा थप उपचारका लागि कैलालीको निसर्ग अस्पतालमा लगिएको थियो। उपचारका क्रममै चन्दको निधन भएको प्रहरीको भनाइ छ। हत्यामा संलग्न भण्डारी बैतडीको दोगडा केदार गाउँपालिका–४ का स्थानीय बासिन्दा रहेको बताइएको छ।

उनी केही दिनदेखि बेलौरीमा बस्दै आएका थिए। प्रहरीले घटनाबारे थप अनुसन्धानको कार्य गरिरहेको छ। रासस

प्रकाशित: ३ जेठ २०८१ १४:४१ | Thursday, May 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast