शान्ति प्रक्रियाका बाँकी काम चाँडो टुंग्याउनुपर्छ : मन्त्री शर्मा

हिमाल प्रेस १३ जेठ २०८१ १०:३१ | Sunday, May 26, 2024
शान्ति प्रक्रियाका बाँकी काम चाँडो टुंग्याउनुपर्छ : मन्त्री शर्मा

काठमाडौँ- सन्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शान्तिप्रक्रियाका बाँकी काम लाई जतिसक्दो चाँडो टुंग्याउनुपर्नेमा जोड दिएका छन्।

बाइसौँ कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले जतिसक्दो चाँडो सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत शान्तिप्रक्रियाका बाँकी काम पूरा गर्नुपर्ने बताए।

‘शान्ति प्रक्रियाका बाँकी काम अहिलेसम्म पनि टुंगोमा नपुग्नु दुःखको कुरा हो, ती शीघ्र टुंग्याउनुपर्छ र पुर्‍याउनुपर्छ भन्नेमा हामी दृढ छौँ’, उनले भने।

शान्तिप्रक्रियासँग सम्बन्धित विषयलाई राजनीतिक मुद्दा बनाउन नहुने उनले बताए। शान्तिप्रक्रियाका बाँकी कामलाई कुनै व्यक्ति, पार्टी वा पार्टीका नेताको मात्रभन्दा पनि समग्र मुलुकको शान्ति प्रक्रियाको रूपमा हेरिनुपर्ने बताउँदै उनले यो समग्र राज्यसत्ताको चासोको विषय भएकाले जतिसक्दो चाँडो टुंग्याउनुपर्नेमा जोड दिए।

सत्य निरुपणसँग सम्बन्धित विधेयकलाई जतिसक्दो चाँडो पारित गर्नुपर्ने उनले बताए। मन्त्री शर्माले भने, ‘यदि साँच्चिकै कृष्ण सेनलाई न्याय दिने हो भने उहाँजस्ता बेपत्ता पारिएका सबै योद्धालाई न्याय दिने हो भने चाँडो विधेयक पारित हुनुपर्छ, विधेयक पारित भएपछि देशको शान्तिप्रक्रियालाई टुंगोमा पुर्‍याउन सहज हुन्छ।’

प्रकाशित: १३ जेठ २०८१ १०:३१ | Sunday, May 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast