शर्माको नेतृत्वमा ४५ सदस्यीय नेसपा बागलुङ जिल्ला समन्वय समिति गठन

हिमाल प्रेस ११ जेठ २०८१ ७:५३ | Friday, May 24, 2024
शर्माको नेतृत्वमा ४५ सदस्यीय नेसपा बागलुङ जिल्ला समन्वय समिति गठन

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नेसपा) ले कृष्ण शर्माको नेतृत्वमा ४५ सदस्यीय बागलुङ जिल्ला समन्वय समिति गठन गरेको छ। बिहीबार नेसपा गण्डकी प्रदेश कमिटीद्वारा आयोजित नेतृत्व सवलीकरण तथा वैचारिक अभिमुखीकरण कार्यक्रममार्फत जिल्ला समन्वय समिति गठन गरिएकाे हाे।

नेसपा महाधिवेशन आयोजक समिति संयाेजक डा.बाबुराम भट्टराईले प्रमुख प्रशिक्षककाे रूपमा नेतृत्व सवलीकरणबारे प्रशिक्षण दिएका थिए। भट्टराईले नयाँ वैकल्पिक शक्ति निर्माण अभियानलाई कसैको राेक्न नसक्ने बताए।

उनले पार्टी र राज्यका सबै अंगहरूमा मधेशी, थारु, आदिवासी जनजाति र खस-आर्य क्लष्टर र महिला, दलित तथा मुस्लिमलगायत अल्पसंख्यकको समानुपातिक प्रतिनिधित्व हुने गरी समानुपातिक समावेशी तथा सहभागितामूलक लोकतन्त्र हुनुपर्ने बताए।

संयाेजक भट्टराईले संघ र प्रदेशमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली र पूर्ण समानुपातिक प्रत्यक्ष निर्वाचित व्यवस्थापिका हुनुपर्ने पनि बताए।

पछिल्लो समय नेसपा संगठन विस्तार, निर्माण र पुनर्गठन अभियानमा छ।

प्रकाशित: ११ जेठ २०८१ ७:५३ | Friday, May 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast