विष्णु पौडेलको प्रश्न : कांग्रेसबाट कस्तो लोकतन्त्रको अपेक्षा गर्ने?

हिमाल प्रेस ७ जेठ २०८१ १२:३२ | Monday, May 20, 2024
विष्णु पौडेलको प्रश्न : कांग्रेसबाट कस्तो लोकतन्त्रको अपेक्षा गर्ने?

काठमाडौँ- नेकपा एमालेको उपाध्यक्ष विष्णु पौडेलले सरकार बदल्ने कोशिस भए पनि व्यर्थ भएको बताएका छन्।

आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने कार्यक्रममा बोल्दै पौडेलले कांग्रेसबाट कस्तोबाट लोकतन्त्रको अपेक्षा गर्ने भन्दै प्रश्न गरेका थिए।

‘प्रधानमन्त्रीले विश्वासको मत लिन्छु भन्दा पनि अवरोध गर्ने। कांग्रेस कस्तो किसिमको लोकतन्त्र चाहन्छ,’ उनले भने,‘नेपाली कांग्रेसलाई पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिन अनुरोध गर्न चाहन्छु।’

उनले प्रधानमन्त्रीले हिजो भन्दा धेरै विश्वासको मत पाउने बताए।

प्रकाशित: ७ जेठ २०८१ १२:३२ | Monday, May 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast