 हिक्मत कार्की । फाइल तस्बिर
                             हिक्मत कार्की । फाइल तस्बिर
                                            काठमाडौँ- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश सरकारले एक हप्ताभित्रै पूर्णता पाउने बताएका छन्। सोमबार प्रदेशसभाबाट विश्वासको मत पाएपछि पत्रकारहरूसँग कुराकानी गर्दै मुख्यमन्त्री कार्कीले सत्तारुढ दलहरूबीच छलफल गरेर एक हप्ताभित्रै सरकारलाई पूर्णता दिने बताएका हुन्।
‘विश्वासको मत पाएका छौँ। एमाले र माओवादी केन्द्रबीच सैद्धान्तिक कुरा गरेका छौँ। एक-दुई दिनभित्र सबै कुरा टुंग्याएर मन्त्रिपरिषद्लाई पूर्णता दिन्छौँ,’ उनले भने। मुख्यमन्त्री कार्कीले मन्त्रालयको संख्या नबढाउने पनि बताए। मन्त्रालयको संख्या नबढाउने सहमति पनि सत्ता गठबन्धनका दलहरूबीच भएको उनको भनाइ छ।
                            प्रकाशित: ३१ वैशाख  २०८१ १६:४७ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 