काठमाडौँ- नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिको चौथो परिषद् भेला काठमाडौँमा सुरु भएको छ।
काठमाडौँको डिल्लीबजारस्थित सांस्कृतिक संघको भवनमा जारी भेला भोलि आइतबारसम्म चल्नेछ।
भेलामा संस्थागत उपलब्धि, हुनुपर्ने ठोस उपलब्धि, विद्यमान समस्याको पहिचान र समाधानको उपायहरूमाथि छलफल हुने विद्यालय कर्मचारी परिषद्ले जनाएको छ।
परिषद्को उद्घाटन नेपाल शिक्षक महासंघका नवनिर्वाचित अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, परिषद् अध्यक्ष गंगाराम तिवारी, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठका प्रमुख स्वकीय सचिवलगायतले गरे।










प्रकाशित: २९ वैशाख २०८१ १४:४४
प्रतिक्रिया



