विद्यालयमा अंग्रेजी, गणित र विज्ञान विषय शिक्षक अभाव पूर्ति गर्न विश्वविद्यालयका विद्यार्थीलाई इन्टर्नसिप गराइने

हिमाल प्रेस १ जेठ २०८१ १७:००
विद्यालयमा अंग्रेजी, गणित र विज्ञान विषय शिक्षक अभाव पूर्ति गर्न विश्वविद्यालयका विद्यार्थीलाई इन्टर्नसिप गराइने नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेल। तस्बिर: दिपेश श्रेष्ठ/हिमालप्रेस

काठमाडौँ– सरकारले माध्यमिक विद्यालयमा अंग्रेजी, गणित, विज्ञान विषय शिक्षक अभाव पूर्ति गर्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई मूल्याङ्कनसहितको शिक्षण इन्टर्नसिप पढाउने प्रबन्ध गर्ने घोषणा गरेको छ।

सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो कुरा बताएका हुन्।

उनले भने, ‘माध्यमिक विद्यालयमा अंग्रेजी, गणित, विज्ञान विषय शिक्षक अभाव पूर्ति गर्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई मूल्याङ्कनसहितको शिक्षण इन्टर्नसिप पढाउने प्रबन्ध गरिनेछ।’

त्यसैगरी सरकारले शिक्षाशास्त्र संकाय बाहेकका सम्बन्धीत विषयमा न्यूनतम अध्ययन हासिल गरी अध्यापन तालिम प्राप्त जनशक्तिलाई शिक्षण शिक्षक सेवा आयोगको परीक्षामा सहभागी गर्न पाउने व्यवस्था गर्ने बताएको छ।

प्रकाशित: १ जेठ २०८१ १७:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast