विद्यार्थीलाई रारा घुमाउन लैजाँदै गरेको जिप दुर्घटना, १२ जना घाइते

हिमाल प्रेस १० जेठ २०८१ १५:३६ | Thursday, May 23, 2024
विद्यार्थीलाई रारा घुमाउन लैजाँदै गरेको जिप दुर्घटना, १२ जना घाइते

मुगु – बाजुराबाट रारातर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। आज बाजुरास्थित हिमाली गाउँपालिका–५ कोल्टीमा रहेको भवानी माध्यामिक विद्यालयका विद्यार्थीलाई रारा घुमाउन ल्याउँदै गरेको ग१ज ८२४९ नम्बरको जिप मुगु खत्याड गाउँपालिका–२ जाम हिलटप भन्ने स्थानमा दुर्घटना भएको हो।

दुर्घनामा नौजना विद्यार्थी, दुई शिक्षक र एक जना चालक घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। उनका अनुसार घाइतेमध्ये चालकबाहेक सबैको अवस्था सामान्य छ।

घाइते चालक तथा जिप मालिक लालबहादुर भण्डारीको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। जिप सडकबाट २५ मिटर तल खसेको थियो। रासस

प्रकाशित: १० जेठ २०८१ १५:३६ | Thursday, May 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast