वानीरा पुरस्कार लोहनी, श्रेष्ठ र तुलाधरलाई

हिमाल प्रेस २८ वैशाख २०८१ २०:२० | Friday, May 10, 2024
वानीरा पुरस्कार लोहनी, श्रेष्ठ र तुलाधरलाई

काठमाडौँ- साहित्यकार वानीरा गिरीको नाममा स्थापित वानीरा फाउन्डेसनले विभिन्न व्यक्तिलाई पुरस्कृत गरेको छ।

आज (शुक्रबार) काठमाडौँमा आयोजित एक कार्यक्रममा वानीरा प्रज्ञा पुरस्कार, २०८० प्राध्यापक पुष्कर लोहनीलाई प्रदान गरियो। सात दशकदेखि साहित्य सिर्जनारत लोहनीलाई कविता, कथा, उपन्यास र समालोचनाको समृद्धिमा उल्लेख्य योगदान पुर्‍याएबापत पुरस्कार प्रदान गरिएको फाउन्डेसनका संस्थापक तथा संरक्षक शंकर गिरीले जानकारी दिए।

यस्तै, नेपाली रंगमञ्च तथा चलचित्रकलामा विगत ६ दशकदेखि क्रियाशील रही नाट्यकलाको विकासमा विशिष्ट योगदान गरेबापत मदनदास श्रेष्ठलाई ‘वानीरा शंकर पुरस्कार’ प्रदान गरिएको छ। यी दुवै पुरस्कारको राशि एक/एक लाख रहेको छ।

त्यसै गरी कथा र कविताका माध्यमबाट नेपाली साहित्यको संवर्द्धनमा योगदान गरेको भन्दै अनिता तुलाधरलाई ५० हजार राशिको ‘वानीरा पुरस्कार’ प्रदान गरिएको छ।

यसअघि वानीरा सङ्ग्रहालयमा अवस्थित डा. गिरीको पूर्णकदको सालिकमा प्रा पुष्कर लोहनीबाट माल्यार्पण गरिएको थियो। डा. गिरीको २०७८ जेठ ९ गते कोराना संक्रमणका कारण निधन भएको थियो।

प्रकाशित: २८ वैशाख २०८१ २०:२० | Friday, May 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast