वर्षा बाधक बन्दा राजस्थानलाई धक्का, कोलकत्ता शीर्ष बन्दा हैदराबाद दोस्रो

हिमाल प्रेस ७ जेठ २०८१ ७:०९ | Monday, May 20, 2024
वर्षा बाधक बन्दा राजस्थानलाई धक्का, कोलकत्ता शीर्ष बन्दा हैदराबाद दोस्रो

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) सिजनको राउण्ड रोबिन चरण अन्तर्गतको अन्तिम खेलमा वर्षा बाधक बनेको छ।

कोलकत्ता नाइट राइडर्स र राजस्थान रोयल्स बीचको खेल वर्षाका कारण एक बल पनि नखेली रद्द भएपछि राजस्थानले तेस्रो स्थानमा चित्त बुझाउनु पर्‍यो।

कोलकत्ताले यस खेल अघि शीर्ष स्थानमा रही प्लेअफमा स्थान बनाइसकेको थियो। तर राजस्थानका लागि सो खेलमा दोस्रो स्थानमा रहनका लागि जित आवश्यक थियो।

दोस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि क्वालिफायर खेल्ने गर्दछन्। तर अंक बाँडिएपछि राजस्थानले तेस्रो स्थानमा चित्त बुझाउनु परेको छ।

खेलमा नतिजा नआएपछि हैदराबाद दोस्रो हुँदै प्लेअफमा पुग्न सफल भयो। हैदराबाद र राजस्थान दुवैको १७ अंक रहेपनि नेट रनरेटका आधारमा हैदराबाद दोस्रो हुन पुग्यो।

हैदराबाद र कोलकत्ता मंगलबार फाइनल प्रवेशका लागि खेल्नेछन्। तेस्रो भएको राजस्थानले एलिमिनेटरमा चौथो स्थान हासिल गरेको रोयल च्यालेनजर्स बेंगलूरु फाइनल प्रवेशका सम्भावना कायम राख्न बुधबार भिड्ने छन्।

क्वालिफायरमा हार बेहोर्ने टोलीले फाइनल पुग्ने दोस्रो मौका पाउने छ। सो मौका एलिमिनेटरको विजेता विरुद्ध दोस्रो क्वालिफायरमा रहनेछ। हिजै भएको पहिलो खेलमा सनराईजर्स हैदराबादले पञ्जावविरुद्ध ४ विकेटको जित दर्ता गरेको थियो। यो जितसँगै हैदराबाद दोस्रो स्थानमा उक्लिएको हो।

पञ्जावले दिएको २१५ रनको विशाल लक्ष्य हैदराबादले ५ बल बाँकी छँदा ६ विकेट गुमाएर भेटायो। हैदराबादका लागि अभिषेक शर्माले २८ बलमा ५ चौका र ६ छक्का सहित सर्वाधिक ६६ रन बनाए।

यस्तै हेनरिक क्लासेनले २६ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ४२ रन जोडे। नितिश रेड्डीले ३७ तथा राहुल त्रिपाठीले ३७ रन बनाए।

पञ्जाबका अर्शदिप सिंह र हर्शल पटेलले समान २-२ विकेट लिए भने हरपृत ब्रार र शशांक सिंहले समान १-१ विकेट लिए।

त्यसअघि हैदराबादमा टस जितेर ब्याटिङ रोजेको पञ्जावले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २१४ रन जोड्यो। पञ्जावका ओपनर प्रभसिम्रन सिंहले ४५ बलमा ७ चौका र ४ छक्का सहित सर्वाधिक ७१ रन जोडे।

यस्तै राइली रूसोले ४९ तथा अथर्व ताइडेलिए ४६ रन बनाए। जितेश शर्माले १५ बलमा ३२ रन बनाए।

हैदराबादका नटराजनले २ तथा प्याट कमिन्स र विजयकान्त वियासकान्तले समान १-१ विकेट लिए।

प्रकाशित: ७ जेठ २०८१ ७:०९ | Monday, May 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast