ला लिगा : भिल्लारियलसँग विजेता रियलको रोचक बराबरी, बार्सिलोनाको जित

हिमाल प्रेस ७ जेठ २०८१ ८:११ | Monday, May 20, 2024
ला लिगा : भिल्लारियलसँग विजेता रियलको रोचक बराबरी, बार्सिलोनाको जित रियनविरुद्ध ४ गोल गर्ने भिल्ला रियलका खेलाडी अलेक्जेन्डर सोर्लोथ । तस्बिर : लालिगा पेज

काठमाडौँ- ला लिगामा भिल्लारियल र विजेता रियल मड्रिडबीच ८ गोल भएको खेलमा अंक बाँड्नु परेको छ। दुवै टोलीले ४–४ गोल गर्दा अंक बाँड्नु परेको हो।

भिल्ला रियरका अलेक्जेन्डर सोर्लोथले ह्याट्रिकसहित चार गोल गरेपछि रियल बराबरीमा रोकियो।

खेलको १४ औँ मिनेटमा अर्दा गुलेरको गोलमा रियलले सुरुवाती अग्रता बनाएको थियो। ३० औँ मिनेटमा जोसेलुको गोलमा रियलले २–० को अग्रता बनाएको थियो।

तर खेलको ३९ औँ मिनेटमा सोर्लोथको गोलमा भिल्लारियल २–१ को अवस्थामा आएको थियो।

तर ४० औँ मिनेटमा लुकास भास्केजको गोलमा रियलले अग्रता बनायो। पहिलो हाफमो इन्ज्युरी समयमा गुलरको गोलमा रियलले ४–१ को अग्रता बनाएको थियो।

तर खेलको दोस्रो हाफमा भिल्लारियल आक्रामक रूपमा खेलमा फर्कियो। सालोर्थले खेलको ४८ र ५२ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। ५६ औँ मिनेटमा व्यक्तीगत चौथो गोल गर्दा टोलीलाई बराबरीमा ल्याउन समेत सफल भए।

गएराति कै अन्य खेलमा एथलेटिको बिल्वाओले सेभियालाई २–० ले तथा बार्सिलोनाले रायो भालेकानोलाई ३–० ले हरायो।

जिरोनाले भ्यालेन्सियालाई ३–१ ले हराउँदा ओसासुनाले एथलेटिको मड्रिडमनाथि ४–१ को जित निकाल्न सफल रह्यो। यसअघि नै ला लिगाको उपाधि रियल मेड्रिडले जितिसकेको छ।

 

प्रकाशित: ७ जेठ २०८१ ८:११ | Monday, May 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast