ललितपुर मेयर महिला टी-२० क्रिकेट : फाइनलमा एपीएफ र सुदूरपश्चिम भिड्ने

हिमाल प्रेस ५ जेठ २०८१ ८:२८ | Saturday, May 18, 2024
ललितपुर मेयर महिला टी-२० क्रिकेट : फाइनलमा एपीएफ र सुदूरपश्चिम भिड्ने

काठमाडौँ- ललितपुर मेयर महिला टी-२० क्रिकेट च्याम्पियनसिपको उपाधिका लागि एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुने भएको छ।

लिग चरणको अन्तिम खेलमा शुक्रबार सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई एक सय ९ रनको फराकिलो अन्तरले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो।

आजको खेलमा पहिले ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर एक सय ५७ रन बनाएको थियो।

जवाफी ब्याटिङमा ओर्लिएको बागमती प्रदेशले भने १६.१ ओभरमा अलआउट हुनुअघि ४८ रनमात्र बनाउन सक्यो।

सुदूरपश्चिम प्रदेशको जितमा ओपनर सम्झना खड्काले उत्कृष्ट अर्धशतकीय पाली खेलिन्। उनले अविजित ७४ रन बनाइन्।

प्लेयर अफ दी म्याच घोषित सम्झानाले यस क्रममा केवल ४७ बलको सामना गरी १० वटा चौका प्रहार गरिन्।

एपीएफ क्लब भने यसअघि नै प्रतियोगिताको फाइनलमा पुगिसकेको थियो। एपीएफ क्लबले लिग चरणमा चार वटै खेलमा जित हासिल गर्‍यो।

एपीएफ क्लब आठ अंकसहित तालिकाको पहिलो स्थानमा रह्यो। सुदूरपश्चिम प्रदेशले भने चारमध्ये तीन खेलमा जित र एक खेलमा हारको नतिजा निकाल्यो।

सुदूरपश्चिम प्रदेश ६ अंकसहित तालिकामा दोस्रो हुँदै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो।

प्रकाशित: ५ जेठ २०८१ ८:२८ | Saturday, May 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast