रोपाइँमा व्यस्त छन् छायाँ बस्तीका किसान [फोटो फिचर]

दिपेश श्रेष्ठ ९ जेठ २०८१ १५:१२ | Wednesday, May 22, 2024
रोपाइँमा व्यस्त छन् छायाँ बस्तीका किसान [फोटो फिचर] धान रोपाइँमा सहभागी भक्तपुरको चाँगुनारायणस्थित छायाबस्तीका किसान। तस्बिर : हिमाल प्रेस

काठमाडौँ- अहिले जेठ दोस्रो हप्ताको मध्यमा छ। असार लाग्न अझै तीन हप्ता बाँकी छ। तर भक्तपुर चाँगुनारायणको छायाँ बस्तीका किसान रोपाइँमा व्यस्त छन्।

मनसुन अगावै काठमाडौँ उपत्यकाको साँखु, पालुबारीलगायत आसपासका क्षेत्रमा रोपाइँ सुरु भइसकेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यो वर्ष मनसुनमा औसतभन्दा बढी वर्षा हुने अनुमान छ।

रोपाइँका लागि खेतको हिलोमा पसेकाहरू कोही  मल छर्न, कोही हिल्याउन, कोही दाँते लगाएर गह्रा सम्माउन व्यस्त छन्। कोही बीऊ काढ्न र गह्रासम्म बीऊका मुठा पुर्‍याउन अनि तयार पारिएको माटोमा छुपुछुपु धान रोप्न भ्याइनभ्याइ छ।

किसानलाई विगतमा जस्तो यसपटक रसायनीक मल अभाव पनि किसानले झेल्नु परेको छैन।

प्रकाशित: ९ जेठ २०८१ १५:१२ | Wednesday, May 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast