रेशम चौधरीको रिटमा पनि सुनुवाइ जारी

हिमाल प्रेस २८ वैशाख २०८१ १२:४४ | Friday, May 10, 2024
रेशम चौधरीको रिटमा पनि सुनुवाइ जारी रेशम चौधरी

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई निर्वाचन आयोगले अध्यक्षको मान्यता नदिएको भनी दायर रिटमा सर्वोच्च अदालतले सुनुवाइ गरिरहेको छ। आफूलाई नाउपाको अध्यक्षमा मान्यता नदिएपछि चौधरीले निर्वाचन आयोगको निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। उक्त रिट न्यायाधीश सपना प्रधान मल्ल र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ भइरहेको हो।

निर्वाचन आयोगको उक्त निर्णय बदर गरी आफैंलाई अध्यक्षमा मान्यता दिन रेशम चौधरीको माग छ। आयोगले भने रेशमकी पत्नी रञ्जिता श्रेष्ठ नै अध्यक्ष रहेको भनि निर्णय गरिदिएको छ।

यसअघि सुनुवाइ गर्दै सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको थियो। रञ्जितासहितका विपक्षीले लिखित जवाफ बुझाइसकेका छन्। पार्टीको विवादका कारण रेशम र रञ्जिता पक्षमा विपक्षमा छन्। रञ्जिताविरुद्ध नाउपाको कैलाली जिल्लासहितले पनि सर्वोच्चमा रिट दायर गरेका छन्।

प्रकाशित: २८ वैशाख २०८१ १२:४४ | Friday, May 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast