रेमल चक्रवातको प्रभाव, आज सबैतिर वर्षाको सम्भावना छ : मौसम विभाग

हिमाल प्रेस १४ जेठ २०८१ ६:२९ | Monday, May 27, 2024
रेमल चक्रवातको प्रभाव, आज सबैतिर वर्षाको सम्भावना छ : मौसम विभाग फाइल तस्बिर।

काठमाडौँ- नेपालमा स्थानीय वायुको प्रभाव र देशको पूर्वी भूभागमा ‘रेमल’ चक्रवातको आंशिक प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली रहने छ।

कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

मंगलबार कोशी प्रदेशमा साधारण देखि पूर्ण बदली, मधेस, बागमती, गण्डकी प्रदेश लगायत बाँकी पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।

कोशी प्रदेशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा तथा मधेस प्रदेश लगायत बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रकाशित: १४ जेठ २०८१ ६:२९ | Monday, May 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast