रिट निवेदकले सुनुवाइ नगर्न भनेपछि रविविरुद्धको मुद्दा स्थगन

हिमाल प्रेस १६ जेठ २०८१ १२:२७ | Wednesday, May 29, 2024
रिट निवेदकले सुनुवाइ नगर्न भनेपछि रविविरुद्धको मुद्दा स्थगन रवि लामिछाने

काठमाडौँ- रवि लामिछानेलाई गृहमन्त्रीबाट निलम्बन माग गरिएको रिटको पेसी स्थगित भएको छ।

निवेदक अनुपम भट्टराईले सुनुवाइ स्थगन गर्न निवेदन दिएकाले आज सुनुवाइ नगरिएको हो।

रिटको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा तोकिएको थियो। अधिवक्ता भट्टराईले दर्ता गराएको रिटको पेसी पोखरेलको इजलासमा १० ‍औँ नम्बरमा थियो।

महान्यायाधिवक्ता कार्यालयले गृहमन्त्री लामिछानेलाई सहकारी ठगीमा क्लिन चिट दिएको देखिने गरी कुनै पनि उजुरी र अनुसन्धान नभएको भनी पत्र दिएपछि त्यसविरुद्ध भट्टराईले रिट दर्ता गराएका थिए। रिटमा गृहमन्त्री लामिछाने र महान्यायाधिवक्ता दिनमणि पोखरेललाई समेत विपक्षी बनाइएको छ।

रिटमा महान्यायाधिवक्ता कार्यालय कसैलाई लागेको कुनै आरोपबारे क्लिनचिट दिने निकाय नभई अनुसन्धान गर्ने कार्यालय भएकाले गृहमन्त्रीको हकमा लेखिएको चिठी गैरकानुनी भएको जिकिर गरिएको छ। ‍

न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले रिट दर्ता गर्ने आदेश गरेको थियो। उक्त आदेशपछि दर्ता भएको रिट पोखरेलको इजलासमा परेको थियो।

प्रकाशित: १६ जेठ २०८१ १२:२७ | Wednesday, May 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast