राष्ट्रियसभा पनि अवरोध गर्छौँ : सिटौला

हिमाल प्रेस १ जेठ २०८१ १५:१२ | Tuesday, May 14, 2024
राष्ट्रियसभा पनि अवरोध गर्छौँ : सिटौला

काठमाडौँ- राष्ट्रियसभामा रहेका राजनीतिक दलहरूसँग अध्यक्ष नारायण दाहालले छलफल गरेका छन्। सरकारको नीति तथा कार्यक्रमको संयुक्त बैठक र त्यसपछिको राष्ट्रियसभाको बैठक सञ्चालन सम्बन्धनमा भएको छलफलमा कांग्रेसले संसद् अवरोध गर्ने बताएको हो। कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले धन्यवाद प्रस्तावका लागि बस्ने बैठकमा कांग्रेसको अवरोध रहने बताए।

‘संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदा हामी अवरोध गर्दैनौँ। धन्यवाद प्रस्तावका लागि बस्ने राष्ट्रियसभा बैठकमा हाम्रो अवरोध रहन्छ। यो हाम्रो पार्टीको निर्णय हो,’ सिटौलाले भने। छलफलमा अध्यक्ष दाहालले तल्लो सदनको विवाद माथिल्लो सदनमा ल्याउनु राम्रो नहुने बताएका थिए।

‘राष्ट्रियसभाको गरिमा, पहिचान स्थापित गर्न तल्लो सदनको विवाद माथिल्लो सदनमा ल्याउनु राम्रो हुँदैन। हामी आफैँ निर्णय गर्न सक्छौँ भन्ने सन्देश दिन जरुरी छ,’ अध्यक्षक दाहालले भने, ‘प्रतिनिधिसभामा हुने सहमति/असहमति उहाँहरूले उतै मिलाउनु हुन्छ। हामी परिपक्व र विज्ञ सभाका सदस्यहरूले हाम्रो परिपक्वता देखाउने यस्तै अवस्थामा हो। त्यसैले बैठक सुचारु गर्न प्रतिपक्षमा रहनुभएका माननीयज्यूहरूले सहयोग गर्नुहोस्।’

प्रकाशित: १ जेठ २०८१ १५:१२ | Tuesday, May 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast