राष्ट्रपति पौडेल पुग्नुअघि संसद् भवन पुगे डमी राष्ट्रपति

हिमाल प्रेस १ जेठ २०८१ १३:०२ | Tuesday, May 14, 2024
राष्ट्रपति पौडेल पुग्नुअघि संसद् भवन पुगे डमी राष्ट्रपति नयाँबानेश्वरस्थित संघीय संसद् भवन।

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सकारको आगामी वर्षको नीति तथा कार्यक्रम मंगलबार संसद्मा प्रस्तुत गर्दैछन्। दिउँसो ३ बजे बस्ने संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति पौडेलले नीति कार्यक्रम प्रस्तुत गर्न लागेका हुन्।

त्यसका लागि राष्ट्रपति पौडेल संसद् भवन पुग्नुअघि संसद् भवनमा राष्ट्रपति सवारीको रिहर्सल गरिएको छ। रिहर्सलका क्रममा राष्ट्रपतिको कार्यालयबाट प्रहरी स्कट्रिङसहित एकजना ‘डमी राष्ट्रपति’ बनेर संसद् भवन पुगेका थिए।

दौरा सुरुवाल लगाएर त्यहाँ पुगेका ‘डमी राष्ट्रपति’ रातो कार्पेटमा हिँडे भने सेनाको सलामी खाए। उनलाई सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले पुष्पगच्छा दिएर संसद् भवनमा स्वागत गरे।

त्यसपछि उनलाई सभामुख र राष्ट्रियसभा अध्यक्षले संयुक्त सदनको बैठक बस्ने कार्यकक्षमा लगे। ‘डमी राष्ट्रपति’ बनेका व्यक्ति राष्ट्रपति कार्यालयमै कार्यरत कर्मचारी रहेको बताइएको छ। विगत वर्षहरूमा पनि राष्ट्रपति सवारीको रिहर्सल गर्ने परम्पराबमोजिम मंगलबार पनि त्यस्तो रिहर्सल गरिएको हो।

प्रकाशित: १ जेठ २०८१ १३:०२ | Tuesday, May 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast