राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको वार्षिक प्रतिवेदन पेस

हिमाल प्रेस १३ जेठ २०८१ १६:५९ | Sunday, May 26, 2024
राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको वार्षिक प्रतिवेदन पेस गरिएको छ। आइतबार महालेखापरीक्षक तोयम रायाले राष्ट्रपति पौडेलसमक्ष महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदन पेस गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता वसन्तप्रसाद पन्थीले जानकारी दिए।

‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष माननीय महालेखापरीक्षक श्री तोयम रायाज्यूले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०७९/०८० को महालेखापरीक्षकको एकसठ्ठिऔं वार्षिक प्रतिवेदन पेस गर्नुभएको छ,’ पन्थीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रकाशित: १३ जेठ २०८१ १६:५९ | Sunday, May 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast