राप्रपा नेपाल कार्य सम्पादन समितिको बैठक आज बस्दै

हिमाल प्रेस १३ जेठ २०८१ ७:१२ | Sunday, May 26, 2024
राप्रपा नेपाल कार्य सम्पादन समितिको बैठक आज बस्दै फाइल तस्बिर

काठमाडौँ- राप्रपा नेपालको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दैछ।

बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा, स्थानीय तहहरूको अधिवेशन, संगठन सुदृढीकरणसँगै सक्रिय सदस्यता वितरण अभियानबारे छलफल हुने पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

बैठकले केन्द्रीय कार्य समितिको बैठकको मिति तय गर्नुका साथै बैठकमा पेस हुने कार्यपत्र र प्रतिवेदनहरू समेत पास गर्नेछ। बैठक आज दिउँसो २ बजे, नवदुर्गा पार्टी प्यालेस, सुकेधारामा बस्दैछ।

बैठकमा अध्यक्ष कमल थापाले राजनीतिक कार्यपत्र, महामन्त्रीद्वय भाष्कर भद्रा र राजाराम बर्तौलाले क्रमशः सचिवालय र संगठन सम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले आर्थिक प्रतिवेदन पेस गर्ने कार्यतालिका रहेको पार्टीले जनाएको छ।

प्रकाशित: १३ जेठ २०८१ ७:१२ | Sunday, May 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast