राधा र घनेन्द्रका गजलमा सन्तोषको एकल प्रस्तुति हुने

हिमाल प्रेस १३ जेठ २०८१ १६:०१ | Sunday, May 26, 2024
राधा र घनेन्द्रका गजलमा सन्तोषको एकल प्रस्तुति हुने

काठमाडौँ-  कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको एकल गजल प्रस्तुति हुने भएको छ। कालिकास्थानस्थित सर्वनाम थिएटरमा यही जेठ १९ गते शनिबार दिउँसो २ बजे सन्तोषले गजलकारद्वय राधा कणेल र घनेन्द्र ओझाका शब्दमा एकल गजल प्रस्तुति दिन लागेका हुन्।

‘गजल गायन’ नाम दिइएको कार्यक्रममा सन्तोषले राधा र घनेन्द्रका पाँचवटा गजल गाउने छन्। कार्यक्रममा सन्तोषको एकल संगीत र घनेन्द्रको एकल रचना रहेको पहिलो बहरबद्ध गजल एल्बम ‘शुभेच्छा’माथि चर्चासमेत हुने संगीतकार तथा गायक श्रेष्ठले जानकारी दिए।

लोकप्रिय संगीतकार राजु सिंहले उक्त एल्बमको समीक्षा गर्ने छन्। उनले नेपाली गजललाई गायनमा ल्याउने अभियानमा सक्रिय सन्तोष र घनेन्द्रले नेपाली गजल लेखनको व्यापकतासँगै गायनमा समेत तीव्रता आवश्यक रहेको बताए।

दुई दशकभन्दा अगाडिदेखि गजल लेखनमा सक्रिय राधा र घनेन्द्रका गजलहरूलाई प्रत्यक्ष गायनमा ल्याउने काम गोल्डेन क्रिएसन र अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चले गरेका हुन्।

कार्यक्रमलाई नेपाल गजल प्रतिष्ठान, यशश्वी प्रज्ञाप्रतिष्ठान र कलरक्राफ्टले सहकार्य गरेका छन्।

प्रकाशित: १३ जेठ २०८१ १६:०१ | Sunday, May 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast