राजनीतिमा संलग्न शिक्षकको विवरण पठाउन केन्द्रको फेरि पत्राचार

हिमाल प्रेस ४ जेठ २०८१ १४:४१ | Friday, May 17, 2024
राजनीतिमा संलग्न शिक्षकको विवरण पठाउन केन्द्रको फेरि पत्राचार

काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय एकाइलाई राजनीतिमा प्रत्यक्ष रूपमा जोडिएका शिक्षकहरूकाे विवरण पठाउन ताकेता गरेको छ। केन्द्रले बिहीबार पुन: पत्राचार गर्दै त्यसबारेकाे प्रगति विवरण माग गरेको हो।

वैशाख ७ गते शिक्षा मन्त्रालयले राजनीतिमा प्रत्यक्ष रूपमा जोडिएका शिक्षकलाई कारबाही गर्न केन्द्र र एकाइहरूलाई निर्देशन दिएको थियो । यसैगरी वैशाख २८ गते शिक्षकलाई  काजमा नखटाउन र खटाएको भए फिर्ता गर्न परिपत्र गरेको थियो।

केन्द्रका निर्देशक नारायणप्रसाद पोखरेलले बिहीबार जारी गरेको विज्ञप्तिमा १५ दिनभित्र शिक्षकहरूको विवरण पठाउन निर्देशन दिइएको छ। शिक्षा विकास तथा समन्वय एकाईबाट पर्याप्त विवरण नआएपछि शिक्षा मन्त्रालयले ताकेता गर्न निर्देशन दिएपछि केन्द्रले पत्राचार गरेको हो।

हालसम्म त्यस्ता शिक्षकहरूमाथि कारबाही नभएको भन्दै शिक्षा मन्त्रालयले पुनः निर्देशन दिएको हो। केन्द्रले विद्यालयमा बहाल रहेका शिक्षकहरू काजमा रहेको भेटिए कारबाही गर्न पनि निर्देशन दिएको छ।

प्रकाशित: ४ जेठ २०८१ १४:४१ | Friday, May 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast