राजनीतिक दलसम्बन्धी ऐनको दोस्रो संशोधन फिर्ता लिने प्रस्ताव पारित

हिमाल प्रेस ८ जेठ २०८१ १३:५३ | Tuesday, May 21, 2024
राजनीतिक दलसम्बन्धी ऐनको दोस्रो संशोधन फिर्ता लिने प्रस्ताव पारित फाइल तस्बिर

काठमाडौँ- प्रतिनिधिसभाबाट राजनीतिक दलसम्बन्धी संशोधन विधेयक-२०८० लाई फिर्ता गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको छ।

मंगलबार कांग्रेससहितका विपक्षी दलहरूको वेल घेराउ र नाराबाजीबीच उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभा बैठकमा राजनीतिक दलसम्बन्धी संशोधन विधेयक-२०८० लाई फिर्ता गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए। त्यसपछि उक्त प्रस्तावलाई बैठकले बहुमतले पारित गरेको हो।

प्रस्तावको विपक्षमा कोही नदेखिएपछि सभामुख देवराज घिमिरेले राजनीतिक दलसम्बन्धी संशोधन विधेयक, २०८० लाई फिर्ता लिने प्रस्ताव बहुमतले पारित भएको घोषणा गरेका थिए।

कांग्रेससहित विपक्षी दलले सहकारी ठगीमा संलग्न गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न माग गर्दै  बैठक अवरुद्ध गर्दै आएका छन्। प्रतिनिधिसभाको अर्को बैठक ११ जेठ बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ।

प्रकाशित: ८ जेठ २०८१ १३:५३ | Tuesday, May 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast