रवि लामिछाने। फाइल तस्बिर
काठमाडौँ- रवि लामिछानेलाई उपप्रधान एवं गृहमन्त्रीबाट निलम्बन गर्नुपर्ने मागसहित
सर्वोच्च अदालतमा दायर रिटको पेसी आजका लागि तोकिएको छ।
गृहमन्त्री लामिछानेविरुद्ध अधिवक्ता अनुपम भट्टराईले दर्ता गरेको रिटमा आज सुनुवाइ हुन लागेको हो।
लामिछानेलाई निलम्बन गर्नुपर्नेसहितको माग राखिएको रिट सोमबार सर्वोच्चमा दर्ता भएको थियो।
रिटमा गृहमन्त्री लामिछाने, महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ता दीनमणि पोखरेललाई विपक्षी बनाइएको छ।
रिटमा रविमाथि सहकारी ठगीमा कुनै अभियोग वा छानबिन नभएको भन्दै महान्यायाधिवक्ता कार्यालयले दिएको पत्र खारेजीको मागसमेत गरिएको छ ।
प्रकाशित: १६ जेठ २०८१ ८:१७ | Wednesday, May 29, 2024
प्रतिक्रिया



