योग र ध्यानमा जोड दिनु आवश्यकः उपप्रधानमन्त्री श्रेष्ठ

हिमाल प्रेस ३१ वैशाख २०८१ १२:५६ | Monday, May 13, 2024
योग र ध्यानमा जोड दिनु आवश्यकः उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ – उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मानसिक र शारीरिक स्वास्थ्य प्रवर्द्धन गर्दा योग र ध्यानलाई छुट्याउन नहुने धारणा राखेका छन्।

यहाँ आज सुरु स्वास्थ्य सम्मेलनको दोस्रो संस्करणको उद्घाटन सत्रमा प्रमुख अतिथि उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘योग र ध्यान पूर्वीय चिन्तन र संस्कृतिको पक्ष हो, यो हाम्रो जीवनशैली पनि हो। यसमा जोड दिनु आवश्यक छ।’

उनले स्वास्थ्य क्षेत्रमा धेरै विकास आवश्यक रहेको भन्दै विकासको गति बढाउनुपर्ने धारणा राखे। उनले रोगको उपचारसँगै रोगको रोगथामतर्फ दिनुपर्ने आवश्यक रहेको समेत बताए। उनले भने, ‘अस्पताल, उपकरण र औषधिका लागि बजेट छुट्याउने चलन छ तर हामीले रोगथामका पक्षमा बढी ध्यान दिन सकियो भने स्वास्थ्य क्षेत्रको सुधारमा सकारात्मक पहल हुनेछ।’ उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा योग र ध्यानलाई विशेष प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याए।

त्यस अवसरमा नेपाल मेडिकल काउन्सिलका पूर्वअध्यक्ष एव् वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा डा भगवान कोइरालाले स्वास्थ्य क्षेत्रमा जनशक्ति उत्पादनका साथै तालिम र प्रोत्साहन जरुरी भएको बताए। उनले कोही व्यक्ति अकालमा मन नपरोस् भन्दै गुणस्तरीय स्वास्थ्य सेवाको प्रत्याभूति दिलाउन सक्नुपर्नेमा जोड दिए। रासस

प्रकाशित: ३१ वैशाख २०८१ १२:५६ | Monday, May 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast