यस्ताे छ भजन शिरोमणिको बायोपिक फिल्म ‘आचार्य’ को ट्रेलर

हिमाल प्रेस १३ जेठ २०८१ ११:३३ | Sunday, May 26, 2024
यस्ताे छ भजन शिरोमणिको बायोपिक फिल्म ‘आचार्य’ को ट्रेलर

काठमाडौँ- भजन शिरोमणि भक्तराज आचार्यको बायोपिक फिल्म ‘आचार्य’ को ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरमा भक्तराज आचार्यको बाल्यकालदेखि संगीत क्षेत्रको समय र स्वर गुमेको घटनासम्म देखाइएकाे छ।

ट्रेलरमा भक्तराज आचार्यको बाल्यकालदेखि संगीत क्षेत्रको १६ वर्षे उत्कृष्ट समय अनि स्वर गुमेको घटनालाई समेत चित्रण गरिएको छ।

फिल्ममा भक्तराज आचार्यको भूमिकामा गायक सत्यराज आचार्य छन्। उनी भक्तराजका जेठा छोरा हुन्। अरुणा कार्की भक्तराजको श्रीमतीको भूमिकामा छिन् भने सुनील पोखरेल, सौगात मल्ल, दयाहाङ राई, विपिन कार्कीलगायत चर्चित कलाकार ट्रेलरमा देख्न सकिन्छ।

फिल्म आगामी असार सातमा पुन प्रदर्शन हुनेछ। १३ वर्ष अघि नै प्रदर्शन भएको फिल्म भक्तराज आचार्यप्रति श्रद्धाञ्जली अर्पण गर्ने उद्देश्यले सिल्क रोड पिक्चर्सले असार सातमा पुनः प्रदर्शन गर्न लागेको हो।

यसपटक फिल्ममा भक्तराजको निधनपछिका केही दृष्यहरुसमेत समेटिने निर्माण टिमले जनाएको छ। फिल्मका निर्देशक प्रशान्त रसाईली हुन्। रोशन राई निर्माता रहेको फिल्म देवजंग थापाले पुनः सम्पादन गरेका हुन्।

प्रकाशित: १३ जेठ २०८१ ११:३३ | Sunday, May 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast