मौद्रिक नीतिकाे समीक्षा : सवारीसाधनको जोखिम भार सत प्रतिशत घट्याे

हिमाल प्रेस ४ जेठ २०८१ ११:५३ | Friday, May 17, 2024
मौद्रिक नीतिकाे समीक्षा : सवारीसाधनको जोखिम भार सत प्रतिशत घट्याे राष्ट्र बैंक

काठमाडौँ- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ। शुक्रबार चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले हायर पर्चेजअन्तर्गत सवारीसाधन कर्जाको जोखिमभार घटाएर सत प्रतिशत कायम गरकाे छ।

बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान १२५ प्रतिशत जोखिमभार रहेका हायर पर्चेज प्रकृतिका सवारीसाधन कर्जाको जोखिमभार घटाई सत प्रतिशत कायम गरिएको मौद्रिक नीति समीक्षामा उल्लेख छ।

आन्तरिक तथा वाह्य आर्थिकस्थिति र परिदृश्य समेतका आधारमा विद्यमान ५.५ प्रतिशतको नीतिगत दर, ब्याजदर करिडोरअन्तर्गतको ३.० प्रतिशतको निक्षेप संकलन दर र ७.० प्रतिशतको बैंक दरलाई यथावत् राखिएको राष्ट्र बैंकको मौद्रिक नीतिकाे समीक्षा खुलाइएको छ।

यस्तै ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन स्थायी निक्षेप सुविधा प्रदान गर्ने व्यवस्थामा आवश्यक पुनरावलोकन गरिने मौद्रिक नीतिकाे समीक्षामा भनिएको छ।

घरजग्गा खरिद प्रयोजनको लागि ऋण भुक्तानी आम्दानी अनुपातलाई सहजीकरण गरी कर चुक्ता प्रमाण पेस गरेका आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम समेत मौद्रिक नीतिकाे समीक्षामा बताइएको छ।

यो व्यवस्था लागू भएपछि ऋण लिएर घरजग्गा खरिद गर्नेले आम्दानीको ७० प्रतिशतसम्म रकम बैंकको साँवा तथा ब्याज अर्थात् किस्ता भुक्तानीका लागि प्रयोग गर्न सक्नेछन् भने यसअघि आम्दानीको ५० प्रतिशतसम्म मात्रै त्यसरी भुक्तानी गर्न पाइने व्यवस्था थियो।

प्रकाशित: ४ जेठ २०८१ ११:५३ | Friday, May 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast