‘मोदीबेनी’ साउन १८ मा प्रदर्शन

हिमाल प्रेस १ जेठ २०८१ ११:१६ | Tuesday, May 14, 2024
‘मोदीबेनी’ साउन १८ मा प्रदर्शन

काठमाडौं- फिल्म ‘मोदीबेनी’ आगामी साउन १८ गते प्रर्दशन हुने भएको छ। निर्माण टिमले फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेका हुन्।

फिल्ममा पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा आधारित रहेको निर्देशक शंकर कोइरालाले बताए।

फिल्ममा अभिनेताको रूपमा अमर प्रताप श्रेष्ठले डेब्यु गरेका छन् भने उनको जोडी अभिनेत्री वर्षा शिवाकोटीसँग बाँधिएको छ। यसै फिल्मबाट करिब १२ वर्षपछि अभिनेत्री रेजिना उप्रेतीले कमब्याक गरेकी छन्। फिल्ममा अन्य कलाकार प्रवीण खतिवडा, सरोज खनाल, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेहा भट्टराई, लाबिसलगायतको अभिनय छ।

डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको फिल्मका निर्माता दिलीप केसी हुन् भने सहनिर्मातामा हरि श्रेष्ठ छन्। उत्सव दाहालको छायांकन, भरत रेग्मीको सम्पादन, दीपेन्द्र गौतम (माइकल)को प्रोडक्शन डिजाइन, श्याम बरालको मेकअप, गीता पौडेलको हेयर डिजाइन, भीम श्रेष्ठको ड्रेस डिजाइन र सगुन तामाङको प्रमुख सहायक निर्देशनमा बनेको छ।

प्रकाशित: १ जेठ २०८१ ११:१६ | Tuesday, May 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast