काठमाडौं- मूलपानी क्रिकेट मैदान र विराटनगरस्थित क्रिकेट मैदानलाई राष्ट्रिय गौरवको आयोजनमा बढुवा गरिने भएको छ। अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट भाषणमा यस्तो बताएका हुन्। उनले यी दुई मैदान राष्ट्रिय गौरवका आयोजनाअनुसार कार्यान्वयन गर्ने बताए।
चितवनस्थित गौतम बुद्ध मैदान र धनगढीको फाप्ला मैदानको निर्माणमा तीव्रता दिइने बताइएको छ।
सरकारले खेल क्षेत्रको पूर्वाधारका लागि १ अर्ब ३० करोड बजेट छुट्याएको छ। आगामी वर्ष ८० खेलकुद प्रतियोगिता आयोजना गरिने भएको छ। स्थानीय खेलहरु बागचाल डण्डी वियोको प्रोत्साहन गर्ने बजेटमा उल्लेख गरिएको छ।
प्रकाशित: १५ जेठ २०८१ १६:३३ | Tuesday, May 28, 2024
प्रतिक्रिया





