 
                             
                                            काठमाडौँ- वरिष्ठ हास्यकलाकार महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको बचाउमा बोलेको अभिव्यक्तिप्रति माफी मागेका छन्। कार्यक्रमका लागि अस्ट्रेलिया पुगेका उनीहरूले त्यहीँबाट एक भिडियो सार्वजनिक गर्दै दर्शकसँग माफी मागेका हुन्।
भिडियोमा मदनले भनेका छन् ‘हामी एउटा मुडमा बसिरहेका बेला अपर्झट टिभीमा बोल्ने प्रस्ताव आयो। हामी के बोल्ने भनेर अल्मलियौं।’ उनले देशैभर वृहत छलफल भइरहेको विषयमा हामीले बोल्नु व्यर्थ ठहरिएको भन्दै माफी मागेका छन्।
त्यस्तै मदनको कुरामा साथ दिँदै हरिवंशले अदालतमा विचाराधीन भइरहेको मुद्दाको विषयमा आफूहरुले नबोलेको भए हुने रहेछ भन्दै आम दर्शकसँग माफी मागेका छन्। ‘अदालतमा विचाराधिन भइरहेको मुद्दाको विषयमा हामीले नबोलेको भएपनि हुन्थ्यो।’ उनले भनेका छन् ‘हामीबाट त्रुटि भयो। तपाईहरुले हामीलाई यत्रो बर्ष माया गर्नुभयो। सबै कुरा बिर्सेर, आफ्नो सम्झेर माफी गरिदिनुहुन अनुरोध गर्दछौँ।’
कान्तिपुर पब्लिकेसनका सञ्चालक सिरोहिया पक्राउ परेपछि कान्तिपुर टीभीले महजोडीसँग प्रतिक्रिया लिएको थियो। त्यसमा उनीहरूले लोकतन्त्रको लागि कान्तिपुर र सिरोहियाले लडेको भन्दै उनी निर्दोष रहेको धारणा राखेका थिए।
प्रहरीले अनुसन्धान गरिरहेको विगायमा आरोपीलाई बचाउ गरेको अभिव्यक्तिले सामाजिक सञ्जालमा मह जोडीप्रति विभिन्न टिकाटिप्पणीसहित आलोचना भइरहेको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                    ![यस्ताे छ ‘हरिबहादुरको जुत्ता’ काे ट्रेलर [भिडियाेसहित]](https://himalpress.com/wp-content/uploads/2025/09/haribahadurko-jutta.jpg) 
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 