महोत्सवका लागि प्रतिष्ठानले माग्यो कविता

हिमाल प्रेस १९ वैशाख २०८१ १३:१८ | Wednesday, May 1, 2024
महोत्सवका लागि प्रतिष्ठानले माग्यो कविता

काठमाडौँ- नेपाल प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सव-२०८१ का लागि कविता आह्वान गरेको छ। प्रतिष्ठानको ६७औं वार्षिकोत्सवको अवसरमा हुने कविता महोत्सवका लागि कविता आह्वान गरिएको हो।

महोत्सव आगामी असार ९ गते कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ। कविता जेठ २२ गतेसम्म प्रतिष्ठानमा उपस्थित भई वा सुचनामा भएको इमेलमार्फत कम्प्युटर टाइप गरी कविता पठाउन सकिनेछ। प्राप्त कविताहरूमध्येबाट उत्कृष्ट १० कवितालाई आगामी असार ९ गते ३० हजार रुपियाँसहित कदर-पत्र प्रदान गरिने छ।

कविता महोत्सवमा समावेशी सहभागितामूलक र बहुभाषिक हुने भएकाले सबै भाषा र मातृभाषाका कविता मान्य हुने प्रतिष्ठानले जनाएको छ। मातृभाषामा पठाएका कविताको नेपाली अनुवाद भने अनिवार्य हुनुपर्ने प्रतिष्ठान जनाएको छ।

प्रतिष्ठानका अनुसार कविता पूर्णतः मौलिक तथा राष्ट्रिय कविता महोत्सव-२०८१ सम्पन्न नभएसम्म कुनै पनि छापा तथा विद्युतीय माध्यमबाट प्रकाशित गर्न पाइने छैन। साथै, म्याद नाघी आएका तथा तोकिएको मापदण्ड विपरीत रहेका कवितालाई महोत्सवको मूल्यांकनमा समावेश नगरिने प्रतिष्ठानले जारी गरेको सुचनामा उल्लेख छ।

साथै कविता पठाउँदा कविहरूले आफ्नो प्रदेशसहितको ठेगाना खुलाई हालसालै खिचिएको एकप्रति पासपोर्ट साइज फोटो र सम्पर्क नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ।

प्रकाशित: १९ वैशाख २०८१ १३:१८ | Wednesday, May 1, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast