महासंघले गरायो शिक्षक सरुवासम्बन्धी एमाले अध्यक्ष ओलीको ध्यानाकर्षण

हिमाल प्रेस ११ जेठ २०८१ १०:०२ | Friday, May 24, 2024
महासंघले गरायो शिक्षक सरुवासम्बन्धी एमाले अध्यक्ष ओलीको ध्यानाकर्षण

काठमाडौँ- सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले शिक्षक सरुवाको विषयमा सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ।

विद्यालय व्यवस्थापन समितिको सहमति नचाहिने गरी शिक्षक सरुवा मापदण्ड बनाउन शिक्षामन्त्री सुमना श्रेष्ठ अघि बढेको सूचना पाएपछि अध्यक्ष ओली  झापा गएका बेला ध्यानाकर्षण गराइएको महासंघले जनाएको छ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीको शिक्षक सरुवाबारे ध्यानाकर्षण गराउन महासंघका अध्यक्ष गुणराज मुक्तान र प्रतिनिधिहरू ओलीकहाँ पुगेका थिए।

ओलीले शिक्षामन्त्रीको कतिपय अपरिपक्व निर्णय सच्याउन सुझाव दिने र यो सरकारको पालामा अभिभावक र समुदायलाई कमजोर हुन नदिने प्रतिबद्धता व्यक्त गरेको महासंघले जनाएको छ।

शिक्षा मन्त्रालयले शिक्षकको जिल्लान्तर सरुवाका लागि ढिलोमा जेठ पहिलो हप्ताभित्र मापदण्ड ल्याउने जनाएको थियो।

प्रकाशित: ११ जेठ २०८१ १०:०२ | Friday, May 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast