महाधिवेशनको मुखमा पार्टी फुटाउन लाग्यो भन्नु सुनियोजित षड्यन्त्र : झलनाथ खनाल

हिमाल प्रेस २६ वैशाख २०८१ ११:२४
महाधिवेशनको मुखमा पार्टी फुटाउन लाग्यो भन्नु सुनियोजित षड्यन्त्र : झलनाथ खनाल

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूले पार्टी फुटाउन लागेको भन्ने हल्ला भ्रम रहेको बताएका छन्।

आज एक विज्ञप्ती जारी गर्दै खनालले महाधिवेशनको मुखमा पार्टी फुटाउन लाग्यो भन्नु अपवाहबाहेक अन्य केही नभएको जनाएका छन्।

पूर्वप्रधानमन्त्री समेत रहेका खनालले बुधबार विज्ञप्ति जारी गर्दै पार्टी विरोधी छुद्रतापूर्ण प्रचारबाट होसियार बन्न र पार्टीको नीतिनिष्ठ एकतालाई खँदिलो बनाउन पार्टी पंक्तिलाई आग्रह समेत गरेका छन्।

उनले ६ सांसद लिएर पार्टी फुटाउन लागेको भन्नु गलत रहेको बताएका छन्।

प्रकाशित: २६ वैशाख २०८१ ११:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast