 
                             
                                            काठमाडौँ- उपेन्द्र सुब्बाको निर्देशनमा बनेको फिल्म ‘मनसरा’को टिकट बुकिङ खुल्ला गरिएको छ। आगामी शुक्रबार अर्थात् वैशाख २१ देखि प्रदर्शन हुने फिल्मको बुधबारबाट हलहरुले टिकट बुकिङ खुलाएका हुन्।
क्यूएफएक्स सिनेमाजले देशभरका हलमा फिल्मलाई ६९ सो दिएको छ। क्यूएफएक्सले काठमाडौँ उपत्यकामा २८ र मोफसलमा ४१ सो दिएको छ। त्यस्तै, वान सिनेमाजले १२ सो दिएको छ। देशकै दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआई सिनेमाजलगायतका हलमा बुकिङ टिकट खुल्ला हुन बाँकी छ। बुधबार साँझसम्म देशभरका सम्पूर्ण हलमा अग्रिम बुकिङ टिकट खुल्ला हुनेछ। सुरुवाती अवस्था हेर्दा फिल्मले मल्टिप्लेक्सदेखि सिंगल हलमा उच्च सो पाउने आँकलन गर्न सकिन्छ।
ठूला मल्टिप्लेक्स चेनमा उच्च शो, सार्वजनिक ट्रेलर, कलाकार र कबड्डीको ब्रान्डका कारण फिल्मले प्रतिक्षित बन्नेछ भन्ने अनुमान छ। निर्देशक उपेन्द्र सुब्बाकै लेखन रहेको फिल्ममा दयाहाङ राई, प्रविण खतिवडा, मिरुना मगर, मेनुका प्रधान, हेमन्त बुढाथोकी, शान्ति गिरी, नेनहान राईलगायत कलाकारको अभिनय छ।
छायांकार शैलेन्द्र ध्वज कार्की निर्माता रहेको फिल्मको सह-निर्मातामा विष्ण कुमार लिम्बू, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ, जीवन लिम्बू थाक्लुङ छन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 