 
                             
                                            काठमाडौँ- प्रदर्शनरत फिल्म ‘मनसरा’को ‘एक तार मनको’ बेलको गीत सार्वजनिक भएको छ। हर्क साउदको शब्द रहेको गीतमा सुशान्त गौतमको स्वर छ। सुशान्तलेनै गीतमा संगीत भरेका छन्।
गीतको भिडियोमा फिल्मका पात्र ‘दधिराम पोखरेल’ अर्थात् प्रविण खतिवडा र ‘तान्छो’ बनेका बाल कलाकार नेनाहाङ राईलाई देख्न सकिन्छ। भिडियोमा सन्तान सुख भोग्नबाट बञ्चित दधिराम र तान्छोबीचको निकटतालाई प्रस्तुत गरिएको छ। फिल्ममा नेनाहाङ अभिनेत्री मिरुना मगरका छोरा बनेका छन्।
फिल्मले दर्शकसँगै समीक्षकहरुबाट तारिफ बटुलिरहेको छ। उपेन्द्र सुब्बा निर्देशित फिल्ममा प्रविण, मिरुनाका अलावा मेनुका प्रधान, दयाहाङ राईलगायत कलाकारको अभिनय छ।
यस्तो छ गीत
                            प्रकाशित: २४ वैशाख  २०८१ १२:५२ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 