प्रतिकात्मक तस्बिर।
                                            मकवानपुर- मकवानपुरको मनहरीमा दुईजना मानिसको ज्यान लिएको नरभक्षी बाघ मरेको छ।
सिकार गर्न नसक्ने अवस्थामा मानिसमाथि आक्रमण गरेपछि मनहरीबाट उद्धार गरी सौराहा ल्याइएको पोथी बाघ मरेको हो।
शनिबारदेखि बिरामी परेको बाघ आाइतबार मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए।
दस वर्षको सो बाघलाई सौराहास्थित खोरमा राखिएको थियो।
बाघलाई गत मङ्सिरमा खुट्टामा चोट लागेको अवस्थामा उद्धार गरी ल्याइएको थियो। त्यसयता खोरमा बाघको उपचार भइरहेको थियो।
चालु आर्थिक वर्षमा चितवनमा सातवटा बाघ मरेका छन्।
सन् २०२२ को गणनाअनुसार नेपालमा ३५५ बाघ रहेकोमा चितवन राष्ट्रिय निकुञ्जमा १२८ वटा छन्।
                            प्रकाशित: ७ जेठ  २०८१ ८:४६ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

