काठमाडौँ- इलामको रोङ गाउँपालिका ४, बाघखोरस्थित मेची राजमार्ग आज भएको भ्यान दुर्घटनामा एकजनाको मृत्यु भएको छ।
दुर्घटनामा मृत्यु हुनेमा देउमाई नगरपालिका ६ का अन्दाजी २४-२५ वर्षका दीपेश राई रहेको प्रहरीले जनाएको छ।
झापाबाट इलामतर्फ गुडिरहेको मे १ ज ३२६३ नम्बरको मारुती भ्यान दुर्घटनामा परेको हो।
भ्यानका चालक र गाडीमा कति जना सवार थिए भन्नेबारे बुझ्ने कार्य भइरहेको उनले जानकारी दिए ।
                            प्रकाशित: १९ वैशाख  २०८१ ८:२३ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

